प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : २६


काठमाडौं । नेपाली सेनाका बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त भएका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि सकिएर भदौ ५ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि कायम मुकाय प्रधानसेनापतिमा शर्मालाई जिम्मेवारी दिइएको हो।

ज्येष्ठता क्रममा रहेका व्य।नं १३५३ बलाधिकृत रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरिएको हो।

कायम मुकायम प्रधान सेनापति शर्माले २६ गतेदेखि लागू हुनेगरी पदभार समाल्ने छन्।


प्रतिक्रिया दिनुहोस्