योजना आयोगमा सरकारले गरेको नियुक्तीप्रति माओवादी केन्द्र असन्तुष्ट

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ०८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले योजना आयोगको उपाध्यक्षमा काँग्रेस निकट डा.विश्वनाथ पौडेललाई नियुक्त गरिएकोमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरेर पौडेललाई आयोगको उपाध्यक्ष नियुक्त गरेकोप्रति माओवादी केन्द्रले आपत्ति जनाएको हो ।

आइतबार माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘योजना आयोगका उपाध्यक्ष नियुक्ति गर्दा कसरी गरियो। गठबन्धनको सरकारमा यो कस्तो सहकार्य हो भन्ने विषयमा प्रश्न उठेको छ, यसविषयमा पार्टीभित्र बहस सुरु भएको छ।’


प्रतिक्रिया दिनुहोस्