माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, यी हुन् एजेण्डा

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : २०


नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ। बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले बताए।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।

यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

भेटमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।

अहिले सरकारमा कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट २ मन्त्री छन्।


प्रतिक्रिया दिनुहोस्