झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ५४


झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगरसहित २ जनलाई पक्राउ गरिएको छ।

हिजो दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ वर्षीय विवेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलिग्राम र नगद २० रूपैयाँ हजार बरामद भएको हो।

प्रहरीले उनिहरूलाई अटोसहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्