तनहुँ प्रहरीको एक्सन : नदीजन्य पदार्थ अवैध उत्खनन्‌मा संलग्न जेसीबी र एक्साभेटरसहित १० सवारी साधन नियन्त्रणमा

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ३९


जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य पदार्थको अवैध उत्खनन्‌मा संलग्न १० सवारी साधन नियन्त्रणमा लिएको छ। अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने १ एक्साभेटर, १ जेसीबी, २ टिप्पर र ६ ट्याक्टर नियन्त्रणमा लिएको हो।

विभिन्न मितिमा उक्त सवारी साधन नियन्त्रणमा लिइएको तनहुँ प्रहरी प्रमुख, एसपी दिनेशराज मैनालीले बताए।

आबुँखैरेनी गाउँपालिका-२ स्थित मर्स्याङदी नदीको नारीघाटमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरहरू साउन ११ गते बिहान ४ बजे नियन्त्रणमा लिइएको हो।

यस्तै, आबुँखैरेनी गाउँपालिका-१ सत्रसय स्थित मर्स्याङदी नदी घाटमा स्काभेटर र डोजर प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ बालुवा उत्खन‍न् गरिरहेको अवस्थामा साउन १५ गते बिहान ३ बजेको समयमा डीएक्स२५५ लेखेको चेनवाला स्काभेटर, प्र.३-०१-००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीका प्रवक्ता, डीएसपी युवराज तिमिल्सिनाले बताए।

बरादम भएका सवारी साधन आबुखैरेनी गाउँपालिकाको कार्यालयमा पठाएपछि गाउँपालिकाले जरिवाना तिराएको छ।

ग १ त ४४०२ नम्बरको ट्याक्टरलाई १५ हजार , ग १ त ४६२३ नम्बरको ट्याक्टर, प्र.३-०१-००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिप्परहरु गरी जम्मा ४ सवारी साधनलाई प्रतिसवारी साधन २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

ना ६ त ५८५१, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरहरुलाई प्रतिट्याक्टर  १२ हजार रुपैयाँ का दरले ४८ हजार र चेनवाला स्काभेटरलाई ३० हजार रुपैयाँ जरिवाना भएकाे गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्