वैद्य माओवादीद्वारा कलाकार ‘राता मकै’को ४० बिघा जग्गा कब्जा

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ४४


काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको छ।

शनिबार दिउँसो १ बजे झण्डा गाडेर जग्गालाई कब्जा गरेको जनाएको हो।

‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले चितवनको माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो।

यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको सो पार्टीले आरोप लगाएको छ।


प्रतिक्रिया दिनुहोस्