अनसन नै बसेपनि नेपाललाई अध्यक्ष बनाउन सकिदैन : बाँस्कोटा

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ३७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउन नसकिने प्रष्ट पारेका छन।

माधव नेपाल पक्ष निकट अखिल फोर्सले आज राजधानीमा र्याली निकालेको थियो। सोही कार्याक्रममा माधव नेपाल, रामकुमारी झाँक्री लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

नेतृ झाँक्रीले केपी ओली पार्टीबाट नहटेसम्म एकता हुन नसक्ने बताएकी थिइन।

सो को जवाफ गोकुल बाँस्कोटाले ट्विट मार्फत दिएका छन। उनले नेता नेपाललाई विधिसम्मत अध्यक्ष बनाउनै नसकिने बताएका हुन।


प्रतिक्रिया दिनुहोस्