रौतहटमा ओली समूहको आइटी आर्मीद्वारा मोटरसाइल र्याली

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : १८


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ ।

पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।

रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए ।

चन्द्रपुरबाट नौ जुवाडे पक्राउ
इलाका प्रहरी कार्यालय चन्द्रपुरले आज चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित एक होटलबाट नौ जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय होटल अशोकाको कोठा नम्बर ३०१ बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जयप्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाललगायत रहेका छन्।

प्क्राउ परेका सबैलाई इप्रका चन्द्रपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट रु दुई लाख ७९ हजार ६९० र आठ थान ताससमेत बरामद भएको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्