दार्चुला घटनामा दोषी देखिए भारतले सार्वजनिक माफी माग्नुपर्छ : कमल थापा

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ३७


काठमाडौं । दार्चुला स्थित महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाप्रति राप्रपा अध्यक्ष कमल थापाले ध्यानाकर्षण भएको जनाएका छन।

दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटिदिँदा महाकालीमा खसेर उनी बेपत्ता भएका थिए।

ती युवक बेपत्ता भएको भोलिपल्ट अध्यक्ष थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले घटना सत्य भए त्यस्तो अमानवीय कार्यमा संलग्न दोषीलाई भारतले सरकारले कारबाही गर्नुपर्ने बताएका छन्।

‘दार्चुलामा महाकाली तर्न लाग्दा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको दिएका कारण नदीमा डुबेर जयसिंह धामीको दुस्खद निधन भएको घटनाको छानविन गर्न सरकारसॅग माग गर्दछु’, उनले अगाडि भनेका छन्, ‘यदि घटना सत्य हो भने त्यस अमानवीय कार्यमा संलग्न दोषीलाई भारत सरकारले कारवाही गर्नु पर्छ र सार्वजनिकरूपमा माफी माग्नु पर्छ।’


प्रतिक्रिया दिनुहोस्