माधव नेपालको बिगारेको फोटो सेयर गर्दै सूर्य थापाले यस्तो लेखे

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ४९


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले वरिष्ठ नेता माधव नेपालको बंग्याएको फोटो सेयर गर्दै आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल मार्फत उनले माधव नेपाललाई अब प्रचण्ड-देउवाकै सहयोगी बन्न पठाउनुपर्ने बताएका छन्।

‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नु त कहाँ हो कहाँरु कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे,’ ओली प्रधानमन्त्री छँदा प्रेस सल्लाहकार रहेका थापाले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं।’


प्रतिक्रिया दिनुहोस्