हार्ले डेभिसन चलाउँदा अमेरिकामा पनि हेलमेट लगाउँदैनन् : पारस शाह

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : १९


काठमाडौं । पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्।

शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झगडा भएको थियो।

प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन।

उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन्।’

पारसले चर्चित अमेरिकी बाइक ब्रान्ड हार्ले डेभिडसको १ करोड बढी मूल्य पर्ने बाइक चलाउने गरेका छन।

यो पनि पढ्नुहोस्

पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन


प्रतिक्रिया दिनुहोस्