पूर्वयुवराज पारस शाहको पक्षमा प्रदर्शन

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ५६


काठमाडौं । पूर्व युवराज पारस शहको पक्षमा प्रदर्शन भएको छ।

शाहका समर्थकहरुले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन्।

उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै शनिबार दिउँसो महाराजगञ्जमा प्रदर्शन गरेका हुन्।

युवाहरुको भिडले टायर समेत बालेका थिए।

पारसका समर्थकहरुले टायर बालेर बाटो अवरुद्ध पारे पछि प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको थियो।

पारसले सवारी नियम उल्लंघन गरेको भए कारबाही गर्नु पर्नेमा भिडियो बनाएर बद्नाम गर्न खोजेको उनका समर्थकहरुको आरोप थियो।

बिरोध प्रदर्शनमा राजावादी बिभिन्न संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो भने कोण सभामा पारषको निजी सचिव सेनाका पूर्व कर्णेल मुनेन्द्र राजभण्डारीले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा राजभण्डारीले राज परिवार र राजसंस्थालाई बद्नाम गराउन गणतन्त्रका मतियारहरुले गरेको सड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन्।

हेल्मेट नलगाएको भन्दै प्रहरीले शाहलाई समात्न खोजेपछि हिजो विवाद भएको थियो।

प्रहरी र पारस शाहबीच शुक्रबार झगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।


प्रतिक्रिया दिनुहोस्