एसएसबीले तुइन काटेको घटनाबारे दार्चुला प्रशासन यस्तो भन्छ

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ०७


काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदिमा तुइन काटेर नेपाली युवक बेपत्ता भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन्।

घटनाबारे जानकारी गराएको बताउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले अति संवेदनशील मुद्दा अतिरञ्जित नबनाउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्