प्रदेश प्रमुख हाजिर भएको भोलिपल्ट भेटे मुख्यमन्त्री पोखरेलले

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ५८


लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ।

प्रदेश प्रमुख शेरचन हाजिर भएको भोलिपल्ट मुख्यमन्त्री पोखरेलले भेटेका हुन्। शुक्रबार कार्यभार सम्हाल्न पुगेका प्रदेश प्रमुख शेरचनको स्वागत कार्यक्रममा प्रदेश सरकारका कोही पनि सहभागी भएका थिएनन्।

जसको आलोचना भइरहेको थियो। मुख्यमन्त्री पोखरेलले आज शनिबार बिहान प्रदेश प्रमुख शेरचनसँग स्वागत भेट गरेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताएका छन्।

भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे जानकारी गराएका केसीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्