दुर्गेश थापाको गीत फेरि विवादमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ०७


काठमाडौं । गायक दुर्गेश थापाको नयाँ गीत विवादमा तानिएको छ।

यसअघि ‘ह्याप्पी तिहार, चिसो बियर’ ‘बीच्चबीच्च-३’ जस्ता गीतका कारण विवादमा आएका दुर्गेश नयाँ गीतमा प्रयोग गरेको शब्दका कारण विवादमा तानिएका हुन।

‘बीच्चबीच्चमा-४’मा प्रयोग भएको शब्द गीतका कारण उनी विवादमा तानिएका हुन् ।

६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ‘बीच्चबीच्चमा-४’मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ।

उनलाई प्रतिष्ठानले यसअघि नै त्यस्ता शब्द प्रयोग नगर्न आग्रह समेत गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्