कोरोना संक्रमित फेरि बढ्दै, स्मार्ट लकडाउनमा जान सरकारलाई स्वास्थ्य मन्त्रालयको सुझाव

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ३१


काठमाडौं । पछिल्लो समय फेरि कोरोना संक्रमित बढ्दै गएका छन।

कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बोलाएर छलफल गरे।

बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सरकारलाई स्मार्ट लकडाउनमा जान सुझाव दिएका छन।

संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर ठाँउ अनुसारको कदम चाल्नुपर्ने सुझाव दिइएको छ।

धेरै संक्रमण भएको क्षेत्रलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्न अधिकारीहरुले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्