पूर्वमाओवादी नेताहरुद्वारा आफ्नै रिटको सुनुवाई स्थगित गर्न माग

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : १६


काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ।

सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च पुगेका एमालेका चार नेताले आजको सुनुवाइ आफैंले स्थगित गर्न निवेदन दिएका छन्।

बिहीबार चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो।

उक्त इजलासले हेर्न नभ्याएपछि शुक्रबारलाई सरेको थियो। आज आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पछि पूर्वमाओवादी नेताहरुले सुनुवाई स्थगित गर्न माग गरेका हुन।

निवेदन आएपछि आजको सुनुवाई स्थगित भएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्