सरकारलााई असफल हुने छुट छैन : प्रदिप गिरी

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ०८


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उहाँले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराउनु भयो।

“यस पटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न। यस पटक सरकार असफल भयो भने संविधान असफल हुन्छ । संविधान असफल भएर मात्रै केही हुन्न। तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ।”

नेता गिरीले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रीपरिषद् बिस्तार गर्न आग्रह गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस्