लुम्बिनी प्रदेशका ३ जना मन्त्री सांसद पदबाट हटाइए

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : २१


काठमाडौं । लुम्बिनी प्रदेशका ३ जना मन्त्री सांसद पदबाट हटाइएका छन्।

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री भएका सन्षोतकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन।।

एमाले नेतृत्वको सरकारमा सहभागी भएको जनाउँदै जसपाले उनीहरुलाई सांसद पदबाट हटाएको हो।

जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए।

तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले।

११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ।


प्रतिक्रिया दिनुहोस्