३६११ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ४७


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३६११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६६१ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै, आज थप २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरि १८१६ जना निको भएका छन।

यो सँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्