भारतीय सुरक्षाकर्मीले नेपाली युवक चढेको तुइन काटिदियो, एक जना बेपत्ता

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ३५


काठमाडौं । भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदिमा तर्दातर्दैको तुइन काट्दा महाकाली नदीमा एक नेपाली बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा दार्चुलाको व्याँस गाउँपालिका–२ माल गाउँका ३३ वर्षीय जयसिंह धामी छन्।

एसएसबीले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएको बताइएको छ। उनको खोजी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्