एमसीसी देशहितमा छ भने बुझाऔं, नत्र खारेज गरौं : राणा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : २४


बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता धवलशम्शेर राणाले एमसीसी सहयोग बिना नेपाल अगाडि बढ्नै नसक्ने होइन भनेका छन्।

जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो, राप्रपाका नेता तथा नेपालगंज उपमहानगरपालिकाका मेयर राणाले भने।

‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ?’ उनले ट्वीट गर्दै भने।

‘यदि नेपालीको लागि सहयोग हो भने बुझाउन सक्नुपर्यो, नत्र यो आर्थिक सहयोग बिना देशै अगाडि नबढ्ने होइन, यसलाई खारेज गरौ,’ राणाले भने।

राप्रपाका प्रभावशाली नेता राणाले आसन्न महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरीसकेका छन्।


प्रतिक्रिया दिनुहोस्