प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ५८


प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो। यसअघिका बैठकमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्त्वपूर्ण विषयमा प्रवेश भएका छैनन्।


प्रतिक्रिया दिनुहोस्