सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : २५


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ। दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न बैठक बस्न लागेको हो।

आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ।

बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्