विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ९ : ४२


नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको हो।

“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस्