प्रतिनिधिसभा बैठक भोलि बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : ४६


काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

संघीय संसद कार्यालयले कार्यसूची सार्वजनिक गर्दै भोलि बैठक बस्ने जनाएको छ।

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७’ पेश गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्