विप्लव नेकपाको दौडधुप जारी, मालेका महासचिवसँग भेटघाट

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : ३४


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विभिन्न पार्टी तथा व्यक्तिहरुसँग भेटघाट जारी राखेको छ।

बिहिबार नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेता धर्मेन्द्र वास्तोलाले नेकपा मालेका महासचिव सिपि मैनालीभेटेका छन।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।

नेकपा महासचिव विप्लव भने शीर्ष नेताहरुसँगको भेटघाटपछि काठमाडौं बाहिरएका छन।

 


प्रतिक्रिया दिनुहोस्