माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता नेपालबीच भेटवार्ता

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ५७


काठमाडौं । नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

सत्ता गठबन्धनमै रहेका नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेका हुन।

बालुवाटारमा सत्तागठबन्धनको बैठक सकेर दाहाल मन्त्रिपरिषद् विस्तार बारे छलफल गर्न नेपाल निवास कोटेश्वर पुगेका थिए।

माओवादी, कांग्रेस र जसपाले सरकारमा सहभागी जनाउन सबै प्रक्रिया टुंग्याइसकेको बताएका छन्। माधव नेपाल पक्ष भने सरकारमा जाने-नजाने अन्यौलमै छ।


प्रतिक्रिया दिनुहोस्