म राजावादी होइन्, गणतन्त्रवादी पनि होइन् : रविन्द्र मिश्र

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ०२


काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्रले जनताको चाहना अनुसार अब जनमतसंग्रह हुनु पर्ने बताएका छन।

एक टेलिभिजन कार्यक्रममा नेता मिश्रले संघियता, धर्मनिरपेक्षता जस्ता मुद्धामाथि जनमगत संग्रहको माग गरेका हुन।

कतिपयले उनलाई राजावादी भन्ने टिप्पणी गरेको भन्दै उनले भने ‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन, म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ।’

आफूले यी बिषयमा सार्वजनिक बहस होस् भनेर नै दस्तावेज सार्वजनिक गरेको बताए।

संघीयता खारेजी, धर्मनिरपेक्षतामाथि जनमत संग्रहको कुरा आफ्नो ब्रह्मले देखेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्