योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १० : २८


राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका थिए।

डा. पौडेल नेपाली कांग्रेस, फुयाँल नेकपा (माओवादी केन्द्र) र लिम्बु नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट सिफारिसमा परेका थिए।

अध्यक्षता प्रधानमन्त्रीले गर्ने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्