मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १० : ०४


प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।

बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो। दुई नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा कुराकानी भएको बताइएको छ।

बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

अहिले सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री छन्। यस्तै, कांग्रेसबाटै एक जना राज्यमन्त्री छन्। प्रधानमन्त्री देउवाले जसपालाई पनि समेटर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

यसअघि गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने बताइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्