एमाले महासचिव पोखरेल र विप्लव नेकपाका नेता बाँस्तोलाबीच छलफल

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ४१


काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस्