शीर्ष नेताहरुसँगको भेटघाटपछि गाउँ फर्के विप्लव

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ५५


काठमाडौं । प्रतिबन्ध हटेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गृहजिल्ला कपिलवस्तुमै केन्द्रित छन्।

पछिल्लो समय नेपालका मुलधारका सबै राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्न काठमाडौं आएका विप्लव फेरि गाँउ फर्केका छन्।

बिहिबार कपिलवस्तुपुगेपछि विप्लवले शिवगढी क्षेत्रमा आफ्नो पार्टीले लगाएको धान तथा तरकारी खेतिको अवलोकन गरेका छन्।

उपत्यका बसाईका क्रममा विप्लवले पूर्वप्रधाानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि कमल थापा लगायतका सबै शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्