उपत्यकामा भोलिबाट भेरोसेल खोपको पहिलो डोज लगाइने

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : १६


काठमाडौं उपत्यकामा भोलिदेखि भेरोसेल खोप लगाइने भएको छ।

उपत्यकाका तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुन लागेको हो।

अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन्।

सर्वसाधारणको लागि भने काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन्।


प्रतिक्रिया दिनुहोस्