भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५६


नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ। सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो।

हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ।

गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ।

यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन्।

सङ्क्रमण मुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ।

त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्