बालाजुको सोफा फ्याक्ट्रीमा आगलागी

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ५६


काठमाडौं । बालाजुमा एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो। आगलागीको कारण थाहा हुन सकेको छैन।

अहिले चार वटा दमकलले निभाउँने प्रयास गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्