एमसीसी खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ : बाँस्कोटा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : ५७


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमसीसी परियोजना संसदमा पेश गर्न सरकारलाई सुझाव दिएका छन्।

एमसीसीबारे विभिन्न टिप्पणी भइरहँदा नेता बाँस्कोटाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देउवाले दबाब दिएको स्मरण गराउँदै अहिले आफ्नै सरकार रहेकाले संसदमा पेश गर्न सुझाएका हुन।

‘एमसीसी परियोजनाका विषयमा राजनितिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गरे हुन्छ नि झन्नै दुईतिहाइको परमादेश देउवा सरकारले,’ नेता बाँस्कोटाले बुधबार भनेका छन्, ‘ओली हुँदा त छिटो ल्याऊ भनेर बेल घेर्न लगाउने उनै देउवा हुन्। ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्डसमेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि।’


प्रतिक्रिया दिनुहोस्