म एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : ५२


काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नै नगरेको बताएका छन।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि रायमाझी केपी शर्मा ओली नेतृत्वको एमालेमा लागेका थिए।

उनी ओली नेतृत्वको सरकारको मन्त्री समेत भए। ओली पक्षमा लगोपछि नेकपा माओवादी केन्द्र उनी लगायत माओवादी सांसदमाथि कारवाही गरेको थियो।

शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि रायमाझी लगायतका पूर्वमाओवादी सांसद सर्वोच्च अदालत पुगेका छन।

सांसद पदमा पूर्नवाहाली गरी माग्न उनीहरु अदालत पुगेको हुन।

नेता रायमाझीले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफू केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको दाबी गरेका छन्।

उनले आफू माओवादी केन्द्रकै नेता रहेको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्