होटल व्यवसायी दम्पत्तिको दुर्घटनामा मृत्यु, नेता शर्माले सेयर गरे भावुक भिडियो

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : १८


काठमाडौं । झापाका एक होटल व्यवसायी दम्पत्तिको दुर्घटनामा मृत्यु भएको छ।

झापाको दमक नगरपालिका(४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकाई नगरपालिका(३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक थिए।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले विष्ट दम्पत्तिको भावुक बनाउने टिकटक भिडियो ट्विटमा पोष्ट गरेका छन्।

मृत्यु अगाडि उनीहरुले बांचेपनि तिम्रै साथमा ‘, मरे सँगै धर्ती छोडौंला भन्ने गीतमा टिकटक बनाएका थिए।

टिकटकमा यो गाइरहंदा, सडक दुर्घटनामा एकैसाथ उनीहरुले जीवन गुमाउएका छन।

उनीहरुको मृत्युले दुखी तुल्याएको नेता शर्माले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्