अहिलेकै अवस्थामा एमसीसी पास भए देश उपनिवेशकरणतर्फ धकेलिन्छ : भीम रावल

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : ४४


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिलेकै अवस्थामा अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी पाए भए डरलाग्दो अवस्था आउने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले एमसीसी अहिलेकै अवस्थामा अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने पनि बताएका छन् ।

‘नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ उनले लेखेका छन्, ‘देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।’


प्रतिक्रिया दिनुहोस्