एमसीसी अगाडी बढाए सत्ता गठबन्धन छाड्ने केसीको चेतावनी

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : ३४


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गरे गठबन्धन छाड्ने चेतवानी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसी र संघीयताको बिरोध गर्दै गठबन्धनबाट बाहिरिने चेतवानी दिएको बताइएको छ।

गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने उनको भनाइ थियो।

अध्यक्ष केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बताउँदै उनले सरकार एमसीसीलाई कसरी अघि बढाउने ध्याउन्नमा लागेकोमा यो कुरा आफू र आफेनो पार्टीलाई स्वीकार्य नहुने बताएका थिए।

यदी सरकारले एमसीसी अगाडी बढाएमा आफुहरु गठबन्धनबाट बाहिरने उनको भनाइ छ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो। फोनवार्तामा एमसीसीको विषयमा पनि छलफल भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्