राष्ट्रपति भण्डारीले आज सिन्धुलीगढीको युद्ध संग्राहलय उदघाटन गर्दै

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ०७


सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध संग्राहलयको निर्माण कार्य सकिएको छ। युद्ध संग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाली सेनाले करिब सात करोड लगानीमा युद्ध संग्राहलय बनाएको हो।

संग्राहलयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु राखिएको छ।

यस्तै, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन्। रासस


प्रतिक्रिया दिनुहोस्