विजय शाही घरमै भेटिए, सामाजिक सञ्जालको खबर निराधार

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : २२


काठमाडौं । ‘मेमोरी किङ्ग’ भनेर चिनिने बिजय शाहीका बारेमा सामाजिक संजालमा विभिन्न भ्रामक कुराहरु आउन थालेपछि प्रहरी टोली उनको घरमा पुगेर फर्किएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले सामाजिक संजालमा आएका कुरा गलत भएको जानकारी दिएका छन्।

शाहीको मृत्यूको झुटो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले उनको मृत्यूको हल्ला झुटो भएको बताएको छ।

प्रहरीका अनुसार शाही घरमै भेटिएका छन्। शाही निकट व्यक्तिहरुले नै उनको मृत्यु भएको भन्दै पोष्ट गरेपछि त्यसको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।


प्रतिक्रिया दिनुहोस्