राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ४२


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त गरेको छ।

काँग्रेस निकट रहेका पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्त गरेको हो।

पौडेल काठमाडौं विश्वविद्यालयअन्तर्गतको भिजिटिङ एशोसिएट प्रोफेसरका रुपमा कार्यरत थिए।

उनले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)का रुपमा पनि काम गरेका छन्। पौडेल युलेन्स एजुकेशन फाउन्डेशनका बोर्ड अफ ट्रष्टी मेम्बर पनि हुन्।

यसैगरी, डा.रामकुमार फुयाल र डा.दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त भएका छन्।

 


प्रतिक्रिया दिनुहोस्