एकताको कुरा चल्दै गर्छ, हामी सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : २७


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब आफूहरु सरकारमा सहभागी हुने बताएका छन।

शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारलाई विश्वासको मत दिएका नेपालले अब सरकारमै सहभागी हुने बताएका हुन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज बिहान भएको भेटमा नेपालले यस्तो बताएको प्रचण्डले बताएका छन्।

एमालेभित्र एकताको कुरा चल्दै गर्दै गर्छ, आफूहरु सरकारमा सहभागी हुने बताएको प्रचण्डको भनाई छ।

यसअघि नेपाल पक्षीय नेताहरुले आफ्नो पार्टी अपोजिसन भएकाले सरकारमा नजाने बताउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्