लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : २२


बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन्।

मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए।

मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए।

जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए।

यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ।

यस्तै प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस्