नेप्से हालसम्मकै उच्च बिन्दुमा, १० कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : २९


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २९ अंकले बढेको छ।

आज निकै उतारचढावपछि नेप्से ईण्डेक्स अर्को उच्चतम विन्दु ३०७९.६६ मा पुगेर बजार बन्द भएको छ।

अघिल्लो दिनभन्दा २९.२३ अङ्क अर्थात् ०.९६ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स ३०७९.६६ अङ्कमा बजार बन्द भएको हो।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०८६.५२६ र कममा २९९९.२०१७ पुगेको थियो।

आज १४१६५२ कारोबारमा ३२३५५२६० कित्ता सेयरको किनबेच भई १५१७०६५१६४३.०५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२५ कम्पनीको सेयर किनबेच भएको हो।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्