उच्च अदालत पाटनबाट महराले पाए ‘क्लिन चिट’

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : १२


काठमाडौ । पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार सम्बन्धी मुद्धामा उच्च अदालत पाटनबाट पनि सफाई पाएका छन्।

मंगलबार न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी फैसला गरेको छ।

यसअघि काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।

संघीय संसदमा सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो।

उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए।

उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए।

महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो।


प्रतिक्रिया दिनुहोस्