नारदमुनीमाथि माधव नेपालको दुर्व्यवहार थारुमाथि शोषणको निरन्तरता : गगां चौधरी

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ३८


काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले वरिष्ठ नेता माधव कुमार नेपालले एमाले सांसद नादरमुनी रानामाथि दुव्र्यवहार गरेको बताएकी छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यही साउन १० गते संसदको अन्तर्राष्ट्रिय समितिमा सांसद नेपालले अधिनायकवादी चरित्र देखाएको आरोप लगाइन्।

‘हामीले बोल्न नपाउने हो ररु हामी सबै सांसदको हैसियत बराबरी हो। बराबरी हैसियतको सांसदलाई निस्केर जान भन्ने?’, उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा माधव नेपालले अधिनायकवादी चरित्र देखाए। साउन १० गते समितिभित्रको घटनालाई समस्त थारु समुदायको अपमानका रुपमा हामीले लिएका छौँ। थारु समुदायका सांसदमाथिको उक्त अपमानपूर्ण व्यवहारले सदियौँदेखि शासकहरुले हामीमाथि गर्दै आएको शोषणको दृश्य त्यहाँ पनि देखियो।’

 


प्रतिक्रिया दिनुहोस्