रविन्द्र मिश्रलाई समर्थन जनाउँदै बाँस्कोटा भन्छन्-‘नेपालमा संघीयता खुसुस्क घुसाइयो’

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ०३


काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष एवं पूर्व पत्रकार रविन्द्र मिश्रले धर्मनिरपेक्षता र संघीयताबारे जनमतसँग्रहको प्रस्ताव गरेपछि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ।

यसैबीच, नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपालमा संघीयताको एजेण्डा खुसुक्क घुसाइएको दाबी गरेका छन्।

संघीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको उनको दाबी छ।

सोमबार मात्रै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने प्रस्ताव सार्वजनिक गरेका बेला एमालेका प्रभावशाली नेता बाँस्कोटाले संघीयताको एजेण्डा खुसुक्क घुसाइएको बताएका हुन्।


बाँस्कोटाले संघीयतासँगै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस हुनुपर्ने बताएका छन्।

उनले संघीयताबारे नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आएको र नेताहरु त्यसमै बग्दै आएको टिप्पणी पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्